एमालेको आरोप– सरकार ढाल्न नसकेपछि काँग्रेस संसद अवरुद्धमा लाग्यो

नेकपा एमालेले नेपाली काँग्रेसले सरकार ढाल्न नसकेपछि संसद अवरुद्धमा उत्रिएको बताएको छ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा बोल्दै एमालेका उपाध्यक्ष विष्णु पौडेलले यस्तो बताएका हुन्।

‘यहाँ सरकार ढाल्न अनेक प्रयास भए। ती छर्लङ्ग भइसकेको छ’, उनले भने, ‘सरकार ढाल्ने प्रयास माकुराको जालो जस्तो च्यातिएपछि काँग्रेस संसद अवरुद्धमा लाग्यो।’

अहिले काँग्रेसको अवरुद्धकाबीचमा सभामुखले संसद चलाएका छन्।

प्रकाशित मिति: : 2024-05-20 12:31:00

प्रतिकृया दिनुहोस्