१६ सयले बढ्याे सुनको मूल्य

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार दुई सय निर्धारण भएको छ।

प्रकाशित मिति: : 2024-05-19 11:30:00

प्रतिकृया दिनुहोस्