घट्यो पेट्रोलिय पदार्थको मूल्य 

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको हो।

पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले जानकारी दिएको छ। 

मूल्य घटेसँगै पेट्रोल १७१ रुपैयाँमा झरेको छ भने डिजेल र मट्टितेलको मूल्य १५४ रुपैयाँमा झरेको छ।

प्रकाशित मिति: : 2024-05-15 19:37:00

प्रतिकृया दिनुहोस्