चिकित्सा शिक्षाको सुधारको माग गर्दै पटक–पटक अनशन बसेका डाक्टर गोविन्द केसीले फेरि शनसन सुरु गरेका छन्।
शनिबार ४ बजेदेखि पशुपति मृगस्थलीमा २२ औँ पटक अनशन सुरु गरेका हुन्। सशस्त्र द्वन्दकालका पीडितलाई न्याय र पीडक प्रचण्डको तत्काल राजीनामा, सबै नेपालीलाई निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने माग गरेका छन्।
यस्तै उनले आफूसँग सम्झौता भए अनुरूप गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरुन्त सञ्चालनमा ल्याउने, मधेश, गण्डकी प्रदेश, इलाम, उदयपुर र डडेलधुरामा तुरुन्त निर्माण शुरु गर्ने, उच्च शिक्षा ऐन र एकीकृत प्रतिष्ठान सम्बन्धित ऐन तुरुन्त पारित गनुपर्ने लगायत माग राखेका छन्।