अनन्या पाण्डेसँग ब्रेकअपपछि सारासँग नजिकिदैंछन् आदित्य?

बलिउडकी अभिनेत्री अनन्या पाण्डेसँग ‘ब्रेकअप’ भएपछि अभिनेता आदित्य राय कपूरको नाम सारा अलि खानसँग जोडिएको छ।

सारा खान र आदित्यको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जसकारण उनीहरूको चर्चा चलिरहेको छ।

बलिउडका चर्चित डायरेक्टर अनुराग बसुको जन्मदिनमा सारा र आदित्य एकसाथ देखाएका छन्। उक्त पार्टीमा बलिउडका कलाकारहरूको सहभागिता रहेको थियो। त्यहीबीचमा सबैजनाको ध्यान आदित्य र साराले खिचे।

जन्मदिनको पार्टीको भिडियोमा उनीहरू सँगै देखिएका छन्। जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। एकसाथमा देखिएपछि इन्डस्ट्रीमा उनीहरूको चर्चा चल्न थालेको छ।

एकसाथ फिल्म खेल्दै

आदित्य र सारा अनुराग बसुको आउँदै गरेको फिल्म मेट्रो..इन दिनों’ मा देखिने भएका छन्।

उनीहरूको एकसाथमा फोटो देखेपछि दर्शकहरूले अभिनेता र अभिनेत्री प्रेम सम्बन्धमा भएको बताएका छन्।

सारा र आदित्यको आउँदै गरेको फिल्म १३ सितम्बरमा सार्वजनिक हुँदैछ। उक्त फिल्ममा अनुपम खेर, नीना गुप्ता, पंकज त्रिपाठी, कोंकणा सेन शर्मा, अली फजल र फातिमा सना शेख जस्ता कलाकारहरूको अभिनय रहनेछ। 

प्रकाशित मिति: : 2024-05-09 18:05:00

प्रतिकृया दिनुहोस्