कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका हुन्।

उनी झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचिन भएका हुन्।

उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। हस्ताक्षरको समयमा जनता समाजवादी पार्टीका निर्मला लिम्बुको पनि उपस्थिति थियो।

संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आह्वान भएअनुसार कार्कीले माओवादीको सहयोगमा आजै सरकार गठनको दाबी गरेका थिए।

प्रकाशित मिति: : 2024-05-09 13:58:00

प्रतिकृया दिनुहोस्