लखनउविरुद्ध हैदरबाद १० विकेटले विजयी, १६६ रनकाे लक्ष्य ९.४ ओभरमै पूरा

इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदरबादले लखनउ सुपर जाइन्ड्सलाई पराजित गरेकाे छ। बुधबार राति सम्पन्न खेलमा हैदरबादले लखनउमाथि १० विकेटकाे जित निकालेकाे हाे।

लखनउले दिएकाे १ सय ६६ रनकाे लक्ष्य हैदरबादले बिनाविकेटकाे क्षतिमा मात्रै ९.४ ओभरमा पूरा गर्याे।

जितमा हैदरबादमा ओपनर अभिषेक शर्माले ७५ तथा ट्रभिस हेडले ८९ रन प्रहार गरे। उक्त याेगफल पूरा गर्न शर्माले ८ चाैका र ६ छक्का तथा हेडले ८ चाैका र ८ छक्का प्रहार गरे।

त्यसअघि पहिले ब्याटिङ गरेकाे लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएकाे थियाे। लखनउमा आयुस बदाेनीले ५५ रन प्रहार गरेका थिए।

याे जितसँगै हैदरबाद १२ खेलमा ७ जितसहित तेस्राे स्थानमा उक्लिएकाे छ। त्यस्तै लखनउ भने छैठाैँ स्थानमा रहेकाे छ।

प्रकाशित मिति: : 2024-05-08 22:38:00

प्रतिकृया दिनुहोस्