वेस्ट इन्डिजले नेपाललाई दियो २१० रनको लक्ष्य

टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा जितेर पहिला ब्याटिङ गरेकाे वेस्ट इन्डिज ‘ए’ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो।

वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक अविजित ८४ रन बनाएका थिए भने जोन्सन चार्लेजले ५८ रन बनाएका थिए। त्यसैगरी फाबियन एलेनले ३३ रन बनाएका थिए।

त्यस्तै नेपाली बलर कुशल भुर्तेलले २ विकेट लिए भने प्रतिस जिसीले एक विकेट लिएका थिए।

प्रकाशित मिति: : 2024-05-02 14:02:00

प्रतिकृया दिनुहोस्