ईश्वरी राई (इशु)
भूकम्पले ढालेको देशको एउटा अग्लो धरोहर नौ वर्षपछि ठडिएको छ। तर त्यसका अवयवहरू अझै पूर्ण भइसकेका छैनन्।
२०७२ वैशाख १२ गते मध्याह्न ११:५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७.६ म्याग्निच्युडको भूकम्पले हल्लिएको धराहरा ढल्दा त्यही ठाउँमा ६० जनाको ज्यान गएको थियो।
गोरखा भूकम्पमा परी देशभर आठ हजार नौ सय ७९ जनाको ज्यान गएको थियो भने गोरखा जिल्लामा मात्रै चार सय ७१ जनाको मृत्यु भएको थियो। त्यसमध्ये इपिसेन्टर बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए।
भूकम्पमा २२ हजार तीन सय नौ जना घाइते भएका थिए। भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्याएको थियो।
हजारौं ज्यान अनि अर्बौं धनको क्षतिसँगै ढलेको धरहरा भने नौ वर्षमा बल्लबल्ल तंग्रिन थालेको छ।
बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको रहेको छ भने उचाइ १४५ फिटको छ।
अपाङमैत्री धरहरामा वृद्धवृद्धाका लागि छुट्टै व्यवस्था गरिएको छ। दुईवटा लिफ्ट सहितको नयाँ संरचनामा ८ जनालाई चढ्ने र ८ जनालाई ओराल्ने व्यवस्था छ।
यसअघिको धरहरा साढे ४ रोपनी क्षेत्रफलमा रहेको थियो भने नयाँ धरहरा ४२ रोपनीमा क्षेत्रमा फैलिएको छ।
तीन अर्ब ४८ करोडको लागतमा बन्दै गरेको नयाँ धरहरामा दुई तला अन्डरबेसमेन्ट अत्याधुनिक पार्किङस्थल बनेकाे छ।






तस्बिर: शनि शाक्य / बिएल नेपाली सेवा
–पुन:प्रकाशित सामग्री
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया