लुम्बिनी सरकारबाट बाहिरियाे जसपा, अहिरले दिए राजीनामा

जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएकाे छ।

जसपाबाट कृषि तथा भूमि व्यवस्थामन्त्री बनेका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री जोखबहादुर महराले लिखित सम्झौता कार्यान्वयन नगरेको भन्दै अहिरले शनिबार नै राजीनामा बुझाएका हुन्।

‘माननीय मुख्यमन्त्री जोखबहादुर महराले हाम्रो पाटीसँग मिति २०८० चैत्र २२ गते गरेको लिखित सम्झौता कार्यान्वयन नगरेकोले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद सदस्य तथा कृषि तथा भूमि व्यवस्थामन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु’, उनले भनेका छन्।

मुख्यमन्त्री महराले सरकार गठनका क्रममा जसपालाई सहरी विकास तथा पर्यटन र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने लिखित सहमति गरेका थिए। तर पूर्वसहमतिअनुसार मुख्यमन्त्रीले दुई मन्त्रालय नदिएका भन्दै जसपा सरकारबाट बाहिरएकाे हाे।

प्रकाशित मिति: : 2024-04-21 13:10:00

प्रतिकृया दिनुहोस्