बिएल संवाददाता
आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदैछन्। बुधबार समूह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पूरा भएको थियो।
समूह ए बाट नेपाल समूह विजेता र हङकङ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन्। भने, समूह बि बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्। अब पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन्। यो खेल नेपाली समयअनुसार बिहान ११ : ४५ बजेदेखि सुरु हुने छ।
नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन्। यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ। नेपाल र युएईबीच अहिलेसम्म ९ टी-२० खेल भएका छन्। जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ।
त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन्। यो खेल अपराहन्न ४: १५ बजेदेखि सुरु हुनेछ।
यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी- २० एसिया कपमा खेल्न पाउने छ। भने, शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया