बिएल संवाददाता
आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदैछन्। बुधबार समूह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पूरा भएको थियो।
समूह ए बाट नेपाल समूह विजेता र हङकङ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन्। भने, समूह बि बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन्। अब पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन्। यो खेल नेपाली समयअनुसार बिहान ११ : ४५ बजेदेखि सुरु हुने छ।
नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन्। यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ। नेपाल र युएईबीच अहिलेसम्म ९ टी-२० खेल भएका छन्। जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ।
त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन्। यो खेल अपराहन्न ४: १५ बजेदेखि सुरु हुनेछ।
यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी- २० एसिया कपमा खेल्न पाउने छ। भने, शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया