सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा सोडारीलाई नै अगाडि सार्ने एकीकृत समाजवादीकाे निर्णय

File Photo
File Photo

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घबहादुर सोडारीलाई अगाडि सार्ने निर्णय गरको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको हो।

यसअघि मंगलबार एकीकृत समाजवादीले सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेपनि उनी विवादित व्यक्त भएको भन्दै सत्ता समीकरणको प्रमुख दल नेकपा एमालेले विकल्प दिन आग्रह गरेको थियो।

सोडारीमाथि सम्पत्ति शुद्धिकरणको मुद्धा रहेको र विगतमा मन्त्री हुँदासमेत विवादमा रहेको एमालेको आरोप रहेको छ।
 

प्रकाशित मिति: : 2024-04-17 15:16:00

प्रतिकृया दिनुहोस्