गण्डकी प्रदेशमा मन्त्रालयकाे संख्या बढाउने निर्णय

File Photo
File Photo

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या बढाउने निर्णय भएका छन्।

मंगलबार बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेकाे बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए।

उनका अनुसार बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय अलग्गै बनाउने निर्णय भएको छ।

यसअघि गत वर्ष पुस २५ गते मुख्यमन्त्री बनेका अधिकारीले गण्डकीका १२ मन्त्रालयबाट घटाएर ७ वटा बनाएका थिए। तर अहिले उनैले भागबण्डा मिलाउन मन्त्रालयकाे संख्या बढाउने निर्णय गरेका हुन्।

खगराज माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा यही चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

उनले सरकार दाबी गर्दा सभामुखलाई समेत समावेश गरेपछि उनको नियुक्ति विवादमा रहेको छ। यो विषय अहिले सर्वोच्चमा छ। सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेशसमेत दिएको छ। साथै सर्वोच्चले यो विषयको पूर्ण सुनुवाइ वैशाख १० गते गर्ने बताएको छ।

प्रकाशित मिति: : 2024-04-11 13:43:00

प्रतिकृया दिनुहोस्