गण्डकीको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै काँग्रेस सर्वोच्चमा

गण्डकी प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनियुक्त मुख्यमन्त्रीको नियुक्त बदरको माग राख्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

सर्वोच्चले सो रिटको बुधबारका लागि पेसी तोकको छ।

अधिकारी सोमबारमात्र मुख्यमन्त्री बनेका हुन। उनले मुख्यमन्त्री बन्नका लागि सभामुखसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको विषय विवादित बनेको छ।

यसअघि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको मत गणना गर्न नपाइने सर्वोच्चको नजिरविपरित गण्डकीमा सरकार गठन भएपछि काँग्रेस अदालत गएको हो।

सभामुखसमेत रहेका कृष्ण धितालसमेतलाई गणना गरेर नयाँ सरकारको दाबी गरेका नेकपा (एमाले)का संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए।

प्रकाशित मिति: : 2024-04-09 17:18:00

प्रतिकृया दिनुहोस्