किताब बेचेर महावीर पुनले कमाए साढे पाँच कराेड

photo facebook
photo facebook

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफ्नाे किताब ‘महावीर पुन: सम्झना, सपना र अविरल यात्रा’ बिक्रीबाट साढे पाँच कराेड बढी रकम संकलन गरेका छन्।

गएकाे दसैँमा प्रकाशित किताब हालसम्म ७५ हजारप्रति बिक्री भएकाे पुनले जनाएका छन्। उनकाे किताबकाे नेपाली मूल्य रु. ७५० रहेकाे छ। साेही दरले मात्र हिसाब गर्ने हाे भने पनि ७५ हजारप्रति किताबबाट ५ कराेड ६२ लाख ५० हजार आम्दानी हुन आउँछ।

यद्यपि, वीरगञ्जस्थित रुग्ण कृषि औजार कारखाना मर्मत र सञ्चालनका लागि किताब प्रकाशन र बिक्री गरिएकाे हुनाले पुनकाे किताब धेरैजस्ताे मानिसहरुले ताेकिएकाे मूल्यभन्दा बढी रकम दिएर किनिरहेका छन्। जस्ताे कि ठुला सभा र कार्यक्रमहरुमा धेरैले कृषि औजार केन्द्रकाे सहयाेगस्वरुप भन्दै रु. ७५० काे किताबलाई एक हजार दिएका छन्।

भने, किताबकाे विदेशी मूल्य पनि फरक रहेकाे छ। नेपालमा रु. ७५० ताेकिएकाे किताबकाे विदेशी मूल्य १० डलर रहेकाे छ। अहिलेकाे विनिमयदर अनुसार महावीर पुनकाे किताबलाई विदेशमा १ हजार ३ सय ३० नेपाली रुपैयाँ पर्छ। पुनले आफ्नाे आत्मकथा विदेशमा पनि ठुलाे परिणाममा बेचेका छन्। विशेषगरी बेलायत र हङकङमा रहेका भू.पू. सैनिक र उनका परिवारहरुले उनकाे किताब मगाइरहेका छन्। भने, नेपाली विद्यार्थी पढाइरहेका जापान, अस्ट्रेलिया, भारतलगायत देशका विद्यालय तथा संस्थाहरुले पनि ठुलाे परिणाममा पुनकाे किताब किनिरहेका छन्।

केही महिनाअगाडि मात्रै नेपाली विद्यार्थी पढाइरहेकाे जापानकाे एउटा कन्सल्टेन्सीले महावीर पुन स्वयमलाई सम्पर्क गरेर २ सयप्रति किताब किनेकाे थियाे। विदेशी संस्थाहरुले पनि महावीरकाे अभियानलाई मद्दत गर्ने गरी किताब खरिद र सहयाेग गरिरहेका छन्।

त्यस्तै नेपालमा पनि विद्यालय तथा स्थानीय तहका कार्यालयहरुले ठुलाे परिणाममा साे पुस्तक खरिद गरेका छन्।

पुनले यी सबै किताबकाे बिक्री आफैँले गरेका हुन्। किताब महावीरले आफ्नाे किताब बिक्रीका लागि कुनै पनि प्रकाशक वा पुस्तक पसललाई जिम्मा नदिने निर्णय गरेका थिए। खासगरी किताब बिक्रीकाे जिम्मा प्रकाशकलाई दिँदा धेरै रकम बाहिरिने भएकाले महावीरले साे निर्णय गरेका थिए।

त्यसपछि महावीरले सहरका सडक, चाेक, गल्ली हुँदै गाउँ-गाउँमा आफैँ पुगेर किताब बेचिरहेका छन्।

कतिसम्म भने महावीरले राष्ट्रियसभा निर्वाचनका बेला मतदानस्थलमा समेत पुगेर नेताहरुलाई समेत किताब थमाएका थिए।

महावीरले सुरुवाती दिनमा काठमाडाैँका चाेकहरुमा उभिएर माइकिङ गर्दै किताब बेचेका थिए। पछि भने उनले पूरै नेपाल डुलेर किताब बेच्ने अभियान सुरु गरेका हुन्।

महावीरले किताब बेच्नका लागि देश डुल्ने अभियान सुरु गरेकाे साेमबार ९३ दिन पुगेकाे छ। साे अवधिमा महावीर २७ जिल्ला पुगेका छन्। साेमबार साँझ लुम्बिनी पुगेका महावीरले एउटा भिडियाे सन्देशमा भनेका छन्, ‘सम्पूर्ण नेपाली दाजु-भाइ दिदी बहिनीहरुलाई बुद्धकाे जन्मस्थल लुम्बिनीबाट नमस्कार छ। आज हामी काठमाडाैँबाट हिँडेका ९३औँ दिनमा २७ जिल्ला घुमेर २८औँ जिल्ला रुपन्देहीमा आइपुगेका छाैँ। अहिले हामीले वीरगञ्जकाे कृषि उद्याेग कारखाना सञ्चालनका लागि याे किताब बेचिरहेका छाैँ। र, अहिलेसम्म हामीले झण्डै डण्डै ७५ हजार वटा किताब बेचिसकेका छाैँ। र, आज हामी यहाँबाट पूर्वतिर लागेर मेचीसम्म पुग्नेछाैँ। सबैलाई भेटाैँला तपाईंहरु पनि किताब किन्न तयार भएर बस्नुहाेला, धन्यवाद छ।’

महावीरले २ सयप्रति किताब बेच्ने लक्ष्य लिएका छन्। यति किताब बेच्दा १० कराेड बढी रकम संकलन (बचत) हुने र त्यति रकमबाट हाललाई कारखाना मर्मत र सञ्चालनका लागि रकम पुग्ने बताएका छन्।

‘दुई लाखप्रति किताब बेच्ने मेराे याेजना छ। त्यति किताब बेच्याे भने १० कराेड हुन्छ, त्यति पैसा भए अहिलेलाई वीरगञ्जकाे कारखाना चलाउन सकिन्छ,’ पुनले बिएल नेपाली सेवासँग भनेका छन्। यदि महावीरकाे याे लक्ष्य पूरा भएमा बर्साैँदेखि बन्द रहेकाे कृषि कारखाना त चल्ने नै छ। त्यसमाथि महावीरकाे किताबले नेपालमा सबैभन्दा बढी बिक्री भएकाे किताब ऐतिहासिक रेकर्ड बन्नेछ।

महावीरले किताबमा आफ्नाे जीवनका संघर्ष, सफलता र सपनाका कथा लेखेका छन्।

सीडीओले थुनेपछि बनेका ‘महावीर’

सुर, एकसुर र बेसुर अनि बल्ल ‘महावीर’

भिडियाे :

प्रकाशित मिति: : 2024-04-09 11:00:00

प्रतिकृया दिनुहोस्