नेपाल आइडलका विजेता रवि ओडविरुद्ध बलात्कार मुद्धा, पक्राउ पुर्जी जारी

गायक रवि ओडविरुद्ध प्रहरीमा बलात्कार गरेको जाहेरी परेको छ। 

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उनकै पत्नीले बलात्कारको जाहेरी दिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले ओडविरुद्ध जाहेरी परेको पुष्टि गरे। 

केही दिनअघि परेको जारीका आधारमा जिल्ला अदालतबाट ओडविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको छ।

ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो। उनी गायन रियालिटी शो ‘नेपाल आइडल सिजन दुई’का विजेता हुन्।

प्रकाशित मिति: : 2024-04-05 11:25:00

प्रतिकृया दिनुहोस्