अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेकाे भन्दै ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
तत्कालीन पर्यटनमन्त्री एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलगायत ३२ जनालाई प्रतिवादी बनाएर अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरूले दुईवटा वाइडबडी विमान खरिदमा एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार अख्तियारकाे ठहर छ।
अख्तियारले निगमका तत्कालीन सञ्चालक समिति सदस्य शिशिरकुमार ढुंगाना, बुद्धिसागर लामिछाने, निमानुरु शेर्पा, टेकनाथ आचार्य, मुक्तिराम पाण्डे, जीवन सिटौला, अच्युतराज पहाडीलाई समेत प्रतिवादी बनाएको छ।
यस्ताे छ अख्तियारकाे आरोपपत्र (पूर्णपाठ)