बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। साेमबार उनले मागेकाे विश्वासकाे मतमा ५६ जना सांसदले उनको पक्षमा मतदान गरे।
प्रस्तावको पक्षमा ५६ मत पर्दा विपक्षमा ३७ मत खसेको प्रदेशसभाका सभामुख भुवन पाठकले जानकारी दिए।
उनको पक्षमा नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको १ जनाले मतदान गरे।
१५ सांसद भने तटस्थ बसेका छन्। नेपाली काँग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको हो।
गत वर्षकाे पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले तेस्राे पटक विश्वासको मत लिएका हुन्।