ट्रम्प भन्छन्, ‘मैले खामेनेईलाई अपमानजनक मृत्युबाट बचाएँ’

Break n Links
Break n Links

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनेईको भिडिओ सन्देशबारे कडा प्रतिक्रिया दिएका छन्। इजरायलले इरानमाथि आक्रमण गरेको १२ दिनपछि ट्रम्पले नै युद्धबिराम भएको घोषणा गरेका थिए। त्यसअघि अमेरिकाले इरानको फोर्दो पहाडमुनि रहेको भूमिगत आणविक केन्द्र र अरु दुई परमाणु केन्द्रहरूमा आक्रमण गरेको थियो। 

युद्धबिराम भएपछि पहिलोपटक खामेनेईले एउटा भिडिओ सन्देश जारी गरेका थिए। त्यसमा उनले इरानमाथि आक्रमण गरेर अमेरिकाले केही पनि प्राप्त नगरेको र इरानले इरानमाथि ‘सानदार जित’ हासिल गरेको बताएका छन्। 
यसमा ट्रम्पले खामेनेईलाई झुट नबोल्न चेतावनी दिएका छन्।

‘मूर्खतापूर्वक खामेनेईले कसरी भन्न सके कि उनले इजरायलसँग युद्ध जिते? उनलाई थाहा छ कि झुट बोलिरहेको छु भन्ने’ ट्रम्पले भनेका छन् ‘इरान ध्वस्त भइसकेको छ। उसका तीन परमाणु केन्द्रहरू नष्ट भएका छन्। इजरायल वा अमेरिकी सैनिकलाई मैले खामेनेईको जीवन समाप्त नगर्न भनेको हुँ। नत्र हामीलाई थाहा थियो उनी कहाँ लुकेर बसेका छन् भन्ने…।’

इजरायलले आक्रमण सुरु गरेपछि खामेनेई अहिले पनि सुरक्षित सुरुङभित्रै छन्। उनले सार्वजनिक गरेको भिडिओ कहाँ रेकर्ड भयो भन्नेबारे खुलाइएको छैन। ट्रम्पले भनेका सुरुवातदेखि नै खामेनेई कहाँ लुकेका छन् भने आफूलाई थाहा भएको तर उनलाई मार्न नचाहेको बताएका थिए। त्यसअघि इजरायलले पनि खामेनेईको हत्या योजना बनाएको थियो। तर ट्रम्पले त्यसलाई रोकेका थिए। 

‘मैले खानेमनेईलाई अपमानजनक मृत्युबाट बचाएको छु। यसकारण उनले बरु धन्यवाद राष्ट्रपति ट्रम्प! भनेर भन्नुपर्ने थियो’ ट्रम्पले भनेका छन् ‘अमेरिका सधै इरान महान देश बनोस् भन्ने चाहन्छ। मैले इरानमाथिका प्रतिबन्धहरू हटाउनेबारे सोचेको थिए। तर अब त्यो हुने छैन।’ 
 

प्रकाशित मिति: : 2025-06-28 10:04:00

प्रतिकृया दिनुहोस्