सांसद पौडेलको प्रश्न- श्रमिकको रुपमा रुस गएर सेनामा भर्ना गराउन खोजिएको त होइन?

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रुसमा श्रम स्वीकृति खुलाएको भन्दै विरोध गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले रुसी सेनामा नेपालीहरु भर्ना भएको विषयमा मुकदर्शक भएको बेला श्रम स्वीकृति खुलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

सांसद पौडेलले रुसमा श्रमिकको रुपमा गएर सेनामा भर्ना गराउन खोजिएको त होइन भन्दै प्रश्न गरेका छन्।

उनले भने, 'रुसमा युद्ध भइरहेको छ, हामी सबैलाई थाहा छ। नेपाल सरकारले नेपाली जनतालाई कडाइका साथ रुस नजान भन्नुपर्ने ठाउँमा श्रम मन्त्रालयले श्रम स्वीकृति खुलाएको छ। यति नै बेला सरकारले रुसमा श्रम स्वीकृति किन दियो? यसभित्र गम्भीर स्वार्थ लुकेको हामीले देखेका छाैँ।'

उनले रुसी सेनामा भर्ना भएर मृत्यु भएका परिवारलाई डिएनए परिक्षण गर्ने क्रममा आफन्तलाई सरकारले पीडा दिएको आरोपसमेत लगाए।

प्रकाशित मिति: : 2024-04-01 13:21:00

प्रतिकृया दिनुहोस्