धारिलाे हतियार प्रयाेग गरी हत्या गरिएकाे अवस्थामा नेपालगञ्जमा २० वर्षीय युवकको शव फेला

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ। नेपालगञ्ज उपमहानगरपालिका– २१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आज फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएस। उनले भने, ‘घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको खुलेको छ।’

उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ।

किन कोही कसैको हत्या गर्छ?

प्रकाशित मिति: : 2024-03-31 19:44:00

प्रतिकृया दिनुहोस्