इन्द्र बम मल्लको गीत ‘नेपाली कथा’ बजारमा

गायक इन्द्र बम मल्लको गीत ‘नेपाली कथा’ सार्वजनिक भएको छ।

शुक्रबार गायक मल्लकै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएकाे हाे।

मल्लको शब्द तथा संगीत रहेको गीतमा गायिका संगीता राना प्रधानको स्वर रहेकाे छ।

‘नेपाली कथा’ मा गायक मल्लसँगै मिथिला शर्मा, आशा थापा, लिना थापा, ममिता पुन, कृति मल्ल ठकुरी, सन्तोष थापा तथा बालकलाकारको रुपमा समय–शिवांशले अभिनय गरेका छन्।

भिडियोकाे निर्देशन हेमराज आश्रमले गरेका छन् भने शम्भु चालिसेको छायांकन र नबिन घर्तिमगर सम्पादन रहेकाे छ।

प्रकाशित मिति: : 2024-03-29 18:03:00

प्रतिकृया दिनुहोस्