राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ।
बिहीबार सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेपछि बाँकी पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि लिम्बु उम्मेदार बनेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन्।
इलाम- २ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका थिए।
लिम्बू माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस संगठनका सदस्य हुन्।