साथीकाे हत्या गरेर खाएपछि...

PC–GETTY IMAGES/Symbolic photo
PC–GETTY IMAGES/Symbolic photo

गत भदाै–११ गते। 

२० वर्षीयले शिबली सादिक रिदाेयले आफ्नी आमा नाहिद अख्तरलाई फोन गरे। 

फाेनमा उनकाे स्वर त्रासिद सुनिन्थ्याे। आत्तिएकाे आवाजमा उनले आफू अपहरणमा परेकाे र कुटाइ खाइरहेकाे बताए। 

नाहिदले छाेराकाे कुरा बुझ्नअघि नै फाेन काटियाे। 

केही समयपछि फेरि फाेन आयाे। अत्तालिदैं नाहिदले फाेन उठाइन् तर त्यस–पटककाे फाेन छाेराकाे नभइ अरू कसैकाे थियाे। 

फाेन गर्ने व्यक्तिले नाहिदसँग यस्ताे माग राखे कि शिबलीकाे परिवारमा भूइँचालाे नै गयाे। 

बंगलादेशको चटगाउँका निवासी थिए, शिबली सादिक। परिवार गरिब थियाे। पैसाकाे अभाव भइरहन्थ्याे। तर शिबलीले ठुला सपनाहरू देखेका थिए। 

मनमा सजाएर राखेका तिनै सपनाहरूलाई पूरा गर्नका उनी पढाइका साथै काम पनि गर्थे। आफ्नो परिवारलाई आर्थिक सहयोग गर्नका लागि पनि। 

आमाबुबामाथि बोझ नहाेस् र पढाइ पनि राम्राे स्कुलबाट हाेस् भन्ने साेचले शिबलीलाई पोल्ट्री फार्मका म्यानेजर बनाएकाे थियाे। त्यही तलबले उनी विद्यालयको शुल्क तिर्थे। 

कादलपुर स्कुल एण्ड कलेजमा अध्ययनरत उनी पढाइमा अब्बल थिए तर कामप्रति पनि उत्तिकै इमान्दार।

तर त्यही इमानदारिता उनका लागि समस्या बन्यो।

उनी काम गर्ने पोल्ट्री फार्ममा अल्पसंख्यक समुदायका ६ जनाले पनि काम गर्थे। शिबली र उनीबीच राम्रो मित्रता थियो।

फार्मका म्यानेजरका साथै उनी कर्मचारीहरूकाे राम्राे साथी पनि थिए। त्यसैले आफ्नो कामप्रति उनी लापारवाही हुँदै गए।

कुनै गल्ती गरेपनि शिबलीले सम्हाल्छन् भन्ने साथीहरूकाे साेच थियाे। तर शिबली त्याे चाँहदैन थिए।

सुरूका दिनमा शिबलीले साथीहरूलाई सम्झाए। तर बारम्बार गल्ती दाेहाेर्याउँदै गएपछि उनले साथीहरूकै विराेध गर्न थाले।

तर जब उनीहरू बारम्बार लापरवाह हुन थाले, शिबलीले उनीहरूलाई विरोध गर्न थाले।

शिबलीकाे त्यही कुरा उनीहरूलाई मन परेन। 

शिबली मात्र २० वर्ष थिए। जबकि बाँकी कामदार २४ देखि २५ वर्षका थिए। शिबली म्यानेजर भएकोमा उनीहरूलाई नराम्रो लाग्थ्याे र आफूभन्दा सानाे मान्छेले गाली गर्दा नरमाइलाे पनि लाग्थ्याे।

त्यहीँबाट सुरु भयाे विवाद...

बिस्तारै विवाद यति बढ्यो कि एक दिन शिबली र अन्य मजदुरबीच झगडा भयो। त्यो दिन पोल्ट्री फार्मका मालिकले सबैलाई बुझाएर शान्त गराए। त्यो दिनकाे लडाइलाई शिबलीले बिर्सिए तर अन्य कर्मचारीहरूले भुलेनन्।

उनीहरू शिबलीसँग बदला लिन चाहन्थे। दुई महिनापछि अर्थात् भदाै ११ गते। त्यो दुर्भाग्यपूर्ण दिन आयो।

पोल्ट्री फार्मका ती कामदारले शिबलीलाई अपहरण गरे।

वास्तवमा शिबली पोल्ट्री फार्ममा काम गरिरहेको बेला उमङछिङ मर्मा आफ्ना केही कामदारसहित त्यहाँ आएका थिए। त्यसपछि उनले शिबलीलाई जबरजस्ती कारमा लगे।

उमङछिङ तिनै व्यक्ति थिए, जाेसँग शिबलीको विवाद चर्किएकाे थियाे।

आफ्नाे अपहरणपछि शिबलीले गोप्य रूपमा आमा नाहिद अख्तरलाई फोन गरेर आफू अपहरण भएको बताएका थिए। तर नाहिदले शिबलीसँग केही सोध्नुअघि नै कल काटियाे।

अनि फेरि त्यही नम्बरबाट फाेन गरेर अपहरणकारीकाे समूहले शिबलीकी आमालाई छोराको सुरक्षा चाहने हो भने १५ लाख टका (बंगलादेशी मुद्रा) माग्याे।

तर त्यत्राे रमक तिर्नसक्ते सामर्थ्य थिएन उनीहरूमा। त्यसैले फिराैती रकम ङटाउन लगाए। ति अपहरणकारीहरूलाई पनि थाह थियाे कि शिबलीका परिवारले १५ लाख दिन सक्दैनन् भनेर। त्यहीकारण उनीहरूले २ लाख रूपैयाँमा  डिल गरे।

जसाेतसाे गरेर परिवारले २ लाख भेला पारे। त्यही रकम बाेकेर उनका पिता अपहरणकारीहरूले दिएकाे ठाउँमा पुगे।

दुई जना नकाबधारी आएर पैसा लगेर गए। छाेरालाई घर पठाएदिन्छु भन्दै।

तर पैसा दिएकाे तीन दिनसम्म पनि छाेरा घर नफर्किएपछि परिवारले प्रहरीकहाँ उजुरी दिए। त्यसपछि शिबलीकाे विवादबारे थाह पाए अनि उमङछिङ मर्मासहित ६ जनालाई प्रहरीले पक्रिए।

शिबलीसँग मात्र बदला लिने उनीहरूकाे याेजना थियाे। तर शिबलीले उनीहरूलाई चिनिसकेका थिए। त्यही डरले शिबलीकाे हत्या गरिदिए।

उनीहरूले शिबलीकाे हत्या मात्रै गरेनन् उनकाे शरीरलाई पकाएरपनि खाए। अनि कंकाल जंगलतिर फ्याकिदिए। –एजेन्सीकाे सहयाेगमा 

प्रकाशित मिति: : 2024-03-27 20:10:00

प्रतिकृया दिनुहोस्