उपनिर्वाचनमा माओवादीले आफ्नै उम्मेदवार उठाउने

File Photo
File Photo

नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (१) मा उम्मेदवारी दिने निर्णय गरेको हो।

योसँगै अहिलेको नयाँ समीकरणबाट उपनिर्वाचनमा साझा उम्मेदवार भने नहुने निश्चित भएको छ।

अहिलेसम्म एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: : 2024-03-27 11:36:00

प्रतिकृया दिनुहोस्