हुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते उद्धारको पर्खाइमा

तस्बिरः मोहन रोकाया
तस्बिरः मोहन रोकाया

हुम्लाको अदानचुली गाउँपलिका–४ पाम्स भन्ने ठाउँमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। 

जिपमा सवार अन्य पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा वडा नम्बर ५ का ४० वर्षका फागुने लुवार र १२ वर्षका बालक प्रवेश ऐडी रहेको अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले जानकारी दिए। 

घाइते पाँच जनाको अवस्था जटिल रहेको उनले बताए। तर घाइतेको थप उपचारका लागि सुर्खेत ल्याउन हेलिकप्टरको व्यवस्थापन हुन सकेको छैन।

घटनास्थलबाट उद्धार गरेर घाइतेलाई श्रीनगर अस्पतालमा राखिएको छ। तर त्यहाँ उपचार हुन नसकेपछि अहिले प्रदेश सरकारका सांसदसँग उद्धारका लागि कुरा भइरहेको उपाध्यक्ष रोकायाले बताए। 

सु.प. ०१००१ ज ११८३ जिप गाउँपालिका कार्यालय रहेको नम्बर ३ श्रीनगरबाट हिडेको थियो। वडा नम्बर ५ मा जानका लागि हिडेको जिप वडा नम्बर ४ को पाम्स मोडमा करिब पाैने ४ बजेतिर दुर्घटनामा परेको हो। 

थप विवरण आउन बाँकी छ।  

प्रकाशित मिति: : 2024-03-23 17:20:00

प्रतिकृया दिनुहोस्