माओवादी भन्ने दल थिएन भने काठमाडौं अहिले पनि टुकी बालेर रात काट्ने बाध्यतामा हुने थियो: उपाध्यक्ष मैनाली

अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले  माओवादीले लोडसेडिङ अन्त्य नगरेको भए काठमाडौ आज पनि टुकि बालेर रात काटिरहने बाध्यतामा रहने टिप्पणी गरेका छन्।

 अखिल क्रान्तिकारीले शुक्रबारर ह्वाइटहाउस इन्जिनियरिङ कलेजमा आयोजना गरेको हाजिरजवाफ प्रतियोगितामा बोल्दै उपाध्यक्ष मैनालीले यस्तो टिप्पणी गरेका हुन्।

फरक  सन्दर्भमा  मैनालीले  इन्जिनियरहरु देशको मुल नीति बनाउने ठाँउमा हुनुपर्नेमा जोड दिए। उनले संसारभर इन्जिनियरिङ पृष्ठभूमिका व्यक्ति सक्रिय राजनीतिमा रहेको पनि सुनाए।

प्रकाशित मिति: : 2024-03-22 20:30:00

प्रतिकृया दिनुहोस्