सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरेकाे छ।
मन्त्रिपरिषद्काे बिहीबार बसेको बैठकले आयोगको रिक्त पदमा चार जना नियुक्त गर्ने निर्णय गरेकाे हाे।
बैठकले आयोगमा शिवराज अधिकारी, संगीता सिंह, कुशेन्द्र बहादुर महत र अरनिको पाँडेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
पाँडेले राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नियुक्ति पाएका हुन्। अन्य तीन जना नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट छन्।
नयाँ गठबन्धन बनेपछि आयोगमा पुरानाे गठबन्धन दलबाट सिफारिस भएर नियुक्ति पाएका सदस्यहरुले राजीनामा दिएका थिए। साेही रिक्त पदमा चार जना भएका हुन्।