गृहमन्त्री लामिछानेको निर्देशनमा ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउने तयारी 

File Photo-grk
File Photo-grk

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सै घण्टा खुलाउने तयारी भएकाे छ।

गृहमन्त्रीकाे निर्देशनमा सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने तथा जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने तयारी भएकाे हाे।

‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ’, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने,  ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौँ।’

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ।

सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। हाल दुबै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित मिति: : 2024-03-20 16:51:00

प्रतिकृया दिनुहोस्