मधेस सरकारमा भित्रियाे एमाले, यादवले लिए पूर्वाधारमन्त्रीकाे शपथ

नेकपा एमाले मधेस प्रदेश सरकारमा सहभागी भएको छ।

सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट सरोज यादवलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरेका छन्।

यादवले आजै प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ लिएका छन्।

मुख्यमन्त्रीले एमालेलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेएसँगै औपचारिकरुपमा नेपाली कांग्रेस सरकारबाट बाहिर भएको छ।

केन्द्रमा नयाँ समीकरण बनेपनि मधेस सरकारबाट कांग्रेस नहटेपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

प्रकाशित मिति: : 2024-03-18 18:14:00

प्रतिकृया दिनुहोस्