प्रतिष्ठानका विद्यार्थी जुम्लाका गाउँ-गाउँमा महिलाहरुलाई स्वास्थ्य शिक्षा दिँदै

जुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीका महिलाहरुलाई क्षयरोग, एचआईभी एड्स, झाडापखाला जस्ता सरुवा तथा नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन भएको छ।

स्वास्थ्य शिक्षा कार्यक्रम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहअन्तर्गत विपिएच दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले सञ्चालन गरेका हुन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक पाठ्यक्रम बमोजिम अध्ययनरत विद्यार्थीलाई समुदायिक स्वास्थ्य निरुपणको लागि करिब एक महिनासम्म हिमा गाउँपालिकाभित्रको समुदायमा खटाएको छ।

विद्यार्थीहरुले समुदायको स्वास्थ्य स्थिति पहिचान गर्न, स्वास्थ्य सेवा र स्वास्थ्य समस्याहरूप्रति ज्ञान दृष्टिकोण र अभ्यासहरू मूल्याङ्कन गरिरहेका छन्।

समुदायमा स्वास्थ्य समस्याको सम्भावित निर्धारकहरू पहिचान गर्न, जोखिममा रहेका जनसङ्ख्याको पहिचान गर्न बाहिर निस्कने र सम्भावित स्रोतहरू अन्वेषण गर्न विद्यार्थीहरु निरन्तर खटिएको बीपीएचमा अध्ययनरत विद्यार्थी दिलिप हरिजनले बताए।

'स्वास्थ्य समस्यालाई प्राथमिकता दिने र सामुदायिक सदस्यहरूसँग मिलेर यी समस्याहरू समाधान गर्न हामीहरु करिब एक महिनासम्म समुदाय स्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम गरिरहेका छौँ,' विद्यार्थी हरिजनले भने।

हिमा गाउँपालिका वडा नं १ का महिला समूहमा भएका तथा नभएका सबै महिलाहरुलाईलाई क्षयरोग, एचआइभी एड्स, झाडापखाला जस्ता सरुवा र नसर्ने रोगबारे ज्ञानको अभावका कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिपीएच दोस्रो वर्षका विद्यार्थीले यसबारे स्वास्थ्य शिक्षा सम्बन्धि जानकारी दिएका छन्।

विद्यार्थीले उनीहरुलाई क्षयरोग, झाडापखाला, एचआइभी एड्स जस्ता रोगको परिचय, कारण, सङ्क्रमणको मोड, सङ्केत र लक्षण, रोकथामका उपायबारे सिकाएका छन्।

प्रकाशित मिति: : 2024-03-17 17:33:00

प्रतिकृया दिनुहोस्