उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई तत्काल कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
आइतबार गृहमन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई मन्त्रालयमा बोलाएर यस्तो निर्देशन दिएका हुन्।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गत बिहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएकाे थियाे।
प्रतिवेदनमा आयोगले सुन तस्करीमा महराकाे संलग्नता देखिएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस थियाे। साेही प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीले निर्देशन दिएका हुन्।