गण्डकी सरकारकाे नेतृत्व माओवादीले पाउन सक्छ: प्रधानमन्त्री

फाइल तस्विर
फाइल तस्विर

प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेश सरकारकाे नेतृत्व माओवादीले पाउने सम्भावना रहेकाे बताएका छन्।

आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

‘गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौँ। यहाँकाे नेतृत्व माओवादी पनि लिन सक्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रधानमन्त्री प्रचण्डले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइनेसमेत जानकारी दिए।

उनले भने, ‘राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। पूर्वदेखि पश्चिमसम्मको तराई-मधेशलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई-मधेशलाई जोडेर उत्तर-दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ।’

प्रकाशित मिति: : 2024-03-17 08:54:00

प्रतिकृया दिनुहोस्