भाेजपुरमा आगालागी हुँदा एकै परिवारका तीन बालबालिकाकाे मृत्यु

फाइल तस्विर
फाइल तस्विर

भोजपुरको हतुवागढी गाउँपालिका- ७ पात्लेपानीमा आगलागी हुँदा एकै परिवारका मृत्यु भएका तीन जना बालबालिकाको मृत्यु भएकाे छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार केदार कार्कीका ५ वर्षका छोरा प्रनिश कार्की र रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस कार्कीको मृत्यु भएको हो।

गोठबाट सल्किएको आगोले खेलिरहेका बच्चालाई भेटेको र उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2024-03-16 20:50:00

प्रतिकृया दिनुहोस्