विवेकशील साझा पार्टीकी अध्यक्ष समिक्षा वास्कोटा पक्राउ

विवेकशी साझा पार्टीकी अध्यक्ष समिक्षा वास्कोटा पक्राउ परेकी छन्। देशमा सुन प्रकरणको विषय उत्कर्षमा पुगेको र गृहमन्त्री रवि लामिछाने एक्सनमा उत्रिएका समयमा वास्कोटासहित पार्टीका दर्जन नेता कार्यक्रतालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। 

माइतीघर मण्डला लगायत क्षेत्रमा प्रशासनले गरेको निषेधाज्ञा खुला राख्नु पर्ने, सहकारी पीडितहरुको समस्या समाधान गर्नु पर्ने भन्दै निषेधित क्षेत्र माइतीघरमा उनीहरुले प्रदर्शन गरेका थिए। 

निषेधित क्षेत्रमा प्रदर्शनपछि अध्यक्ष वास्कोटासहित पार्टीकी महासचिव रञ्जु दर्शना, केन्द्रीय सदस्य अजीत खड्का, सुरेन्द्र रानाभाट, वागमती प्रदेश उपाध्यक्ष डिजन बस्नेत, सचिव सकिल अहमद, अगुवा सदस्यहरु उत्सव अधिकारी, उत्तम खनाल, युजन राजभण्डारीलगायत एक दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए। 

उनीहरुलाई सिंहदरबार प्रहरी बृत्तमा राखिएको छ। विवेकशील साझा पार्टीले पक्राउप्रति घोर भर्त्सना ब्यक्त गरेको छ।

प्रकाशित मिति: : 2024-03-15 19:48:00

प्रतिकृया दिनुहोस्