सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दर्ता, १ अर्ब ४० करोड बिगो माग

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका तत्कालीन सल्लाहकार जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ।

१४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका गुरुङविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले शुक्रबार अदालतमा मुद्दा दर्ता भएको हाे।

भन्सार कार्यालयले गुरुङसँग १ अर्ब ४० करोड बिगो र ५ वर्ष कैद सजायको माग गरेको छ।

गत मंसिर २२ गते दुबईबाट काठमाडौँ आएका चन्द्र घलेलाई १४ किलाे सुनसहित भन्सार कार्यालयले विमानस्थलबाट पक्राउ गरेकाे थियाे। साेही सुन प्रकरणमा गुरुङको ‘कनेक्सन’ देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुरुङलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: : 2024-03-15 18:09:00

प्रतिकृया दिनुहोस्