माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

फाइल तस्विर
फाइल तस्विर

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ।

गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजाेका लागि तय गरिएको बैठक स्थगित भएपछि शुक्रबारका लागि बाेलाइएकाे हाे।

सो बैठक पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने जनाइएकाे छ।

बैठकमा विधान अधिवेसनवाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रिय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिनेछ।

प्रकाशित मिति: : 2024-03-15 07:53:00

प्रतिकृया दिनुहोस्