ललितपुरमा सम्यक महादान पर्व मनाइँदै (तस्बिरहरू)

शनि शाक्य

ललितपुर

ललितपुरमा प्रत्येक पाँच वर्षमा सम्यक महादान पर्व मनाइन्छ। साहीअनुसार  आज नागबहालमा दिपंकर बुद्धका मूर्तिहरू पनि प्रदर्शन गरिएकाे छ।

ललितपुर, काठमाडौँ, भक्तपुर, कीर्तिपुर, चोभारका दिपङ्कर बुद्धको प्रतिमाहरूसहित, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा सबै जम्मा भएपछि बाजागाजासहित दिपङ्कर बुद्धका प्रतिमाहरू नचाइँदै नागबहालमा पुर्‍याइनेछ।

इतिल्हने सम्यक महादान पर्वमा १ सय ३२ वटा देवदेवीहरू सामेल गरिन्छ। 

नेपाल संवत १३५ देखि नै यो परम्परा चलेकाे मान्यता रहेकाे छ। आफ्नो शक्तिअनुसार दान गरेमा पुण्य कमाइन्छ भन्ने जनविश्वास छ।

हेर्नुहाेस् तस्बिरहरू–

प्रकाशित मिति: : 2024-03-14 16:13:00

प्रतिकृया दिनुहोस्