सुन तस्करी प्रकरण: जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

Photo - NPK
Photo - NPK

सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ।

बिहीबार आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले गृह मन्त्रालयमा पुगेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत भएको सुन तस्करीलगायतका विषयमा छानबनि गर्न सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो। सो आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए।

प्रकाशित मिति: : 2024-03-14 11:55:00

प्रतिकृया दिनुहोस्