गृहमन्त्री लामिछानेको नैतिकतामाथि कांग्रेसले उठायो प्रश्न, प्रधानमन्त्रीसँग जवाफ माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका बद्री पाण्डेले सहकारी ठगी आरोप लागेका र अनुसन्धानको दायरामा तानिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै लामिछानेको नैतिकतामाथि नै प्रश्न उठाएका हुन्।

साथै संसदमा उठेका र ठगी आरोपमा उजुरी परेका लामिछानेलाई स्वार्थ बाझिनेगरी गृहमन्त्री बनाइएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा जवाफ दिनुपर्ने उनको माग छ । 
 

प्रकाशित मिति: : 2024-03-14 11:32:00

प्रतिकृया दिनुहोस्