योजनाको अनुगमन र मतदाताको समस्या बुझ्दै गाउँगाउँमा सांसद शर्मा

sunil
sunil

 मोरङ क्षेत्र नं ३ का संघिय सांसद डा.सुनिल शर्मा यतिवेला गाउँगाउँमा देखिने गरेका छन्।
मतदाताका समस्या संकलन तथा आफ्नो पहलमा आएका योजनाहरुको अनुगमन गर्दै सांसद शर्मा यतिवेला गाउँगाउँमा निस्कीएका हुन्। केहिदिन यता उनि सोहि निर्वाचन क्षेत्रका प्रदेश सांसदहरुसहित गाउँगाउँमा घुमिरहेका छन्। 

 यसैविच सांसद शर्मासहितको समुहले सोमबार पथरीशनिश्चरे वडा नं १,२, ३ र ४ का केहि क्षेत्रका मतदाताको गुनासो संकलन गरेको छ।

 प्रदेशसभा सदस्य गिता तिम्सीना र मानवहादुर लिम्बुसहितको टोलीले पथरीशनिश्चरे वडा नं १ को मन्दिरलाइन हुँदै वडा नं २ को बुद्धचोकसम्मको सडक निरीक्षण समेत गरेको छ। त्यस्तै आवश्यक बजेटको पहलका निम्ती वडा नं २, ३ र ४ का केहि सडकहरुको अनुगमन समेत गरेको छ।

अनुगमनका क्रममा आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि आफुले हरेक तहवाट लागिपर्ने उनले बताए। 
उनी सहितको टोलिले कानेपोखरी आइतबारे हुँदै सुन्तली सडक, रिगुवा सम्झाना चौक हुदै किर्तिपुर जोडने र पिपल चौक, आइतबारे, देवीगंज हुदै हुनमान चौक जोडने सडकको अनुगमन समेत गरेका थियो। अनुगमनमा सडक बोर्ड नेपालका कार्यकारि निर्देशक  गणेश बहादुर केसि, डिभिजन मोरङका प्रमुख राजेन्द्र प्रसाद शाहको समेत सहभागिता रहेको थियो।
बिभिन्न सडकहरुको स्तरोन्नतीका लागि बजेटको पहलका निम्ती सडक डिभिजनका कर्मचारीलाई समेत लिएर आफु आएको उनले सांसद शर्माले बताए। सुझाव तथा गुनासो संकलनका क्रममा सांसद शर्माको हालसम्मको कदमले आफुहरु खुशि रहेको र अझै जनताको मन जित्नेगरी कार्य गर्नेमा विश्वस्त रहेको मतदाताहरुले बताएका थिए। 
सांसद शर्मा गृहक्षेत्र आउँदा हरेकजसो समय मतदाताका गुनासो र सुझाव संकलनमा व्यस्त रहने गरेका छन्।

प्रकाशित मिति: : 2024-03-12 12:18:00

प्रतिकृया दिनुहोस्