बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक आज बस्दै छ। बैठक दिउँसो ३ः०० बजे प्रदेशसभा बागमती प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

गत फागुन १० गते बसेको प्रदेशसभा बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको बजेट विनियोजन सम्बन्धको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्यका र २०८०-०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समिति गठन गरेको थियो।

११ सदस्यीय सो समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्ष बिचको सहमति लगायतका विषयमा अध्ययन तथा परामर्श गरी आजको बैठकमा प्रतिवेदन पेस गर्न निर्देशन संसद्ले दिएको थियो।

प्रकाशित मिति: : 2024-03-12 08:44:00

प्रतिकृया दिनुहोस्