आरिफ पनि एउटा चाैका हानेर पेभिलियन फर्किए

हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालकाे तेस्राे विकेट पतन भएकाे छ।

ओपनर विनाेद भण्डारी र कप्तान राेहितकुमार पाैडेल आउट भएपछि आएका आरिफ शेख पनि पेभिलियन फर्किएका छन्। शेखले मात्र एक चाैका प्रहार गर्न सके।

त्यसअघि भण्डारी २७ तथा कप्तान पाैडेल १ रनमा आउट भएका थिए।

हाल नेपालले १०.४ ओभरमा ७६ रन बनाएर खेलिरहेकाे छ।

ओपनर कुशल भुर्तेल ३९ रन बनाएर खेलिरहेका छन्।

प्रकाशित मिति: : 2024-03-12 07:30:00

प्रतिकृया दिनुहोस्