ओपनर भण्डारी २७ तथा कप्तान पाैडेल १ रनमै आउट

हङकङमा जारी त्रिकाेणात्मक टी- २० आई सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी)विरुद्धकाे खेलमा नेपालले दाेस्राे विकेट गुमाएकाे छ।

ओपनर विनाेद भण्डारी २७ रन बनाएर आउट भएका छन्। उनले २ चाैका र १ छक्का प्रहार गरे।

त्यस्तै भण्डारी आउट भएपछि आएका कप्तान राेहितकुमार पाैडेल १ रनमै आउट भएका छन्। उनले मात्र ४ बलकाे सामना गरे।

हाल नेपालले ८.४ ओभरमा ६५ रन बनाएर खेलिरहेकाे छ।

प्रकाशित मिति: : 2024-03-12 07:19:00

प्रतिकृया दिनुहोस्