हतकडीसहित कैदी महाकालीमा हामफाले, समात्न गएका प्रहरीको भीरबाट लडेर मृत्यु

दार्चुलामा प्रहरी हिरासतबाट फरार भएका एकजना कैदी समाउन जाँदा भीरबाट लडेर प्रहरी जवानको मृत्यु भएकाे छ।

बिहान साढे ११ बजेतिर हिरासतमा रहेका २३ वर्षीय उमेश कुँवर हतकडीसहित भागेपछि उनलाई समाउन खाज्दा प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएकाे हाे।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अस्पताल लैजाने क्रममा कुँवर हतकडीसहित भागेका थिए। उनलाई समाउनका लागि दौडिने क्रममा चौधरी भीरबाट लडेर गम्भीर घाइते भएका थिए।

टाउकोमा गम्भीर चोट लागेका चौधरीकाे अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे।

फरार भएका महाकाली नगरपालिका-१का कुँवर महाकाली नदी पार गरेर भारतीय भूमिमा पुगेका थिए। उनलाई गोरखा रेजिमेन्ट कम्पनीले नियन्त्रणमा लिएकाे थियाे।

प्रकाशित मिति: : 2024-03-11 16:11:00

प्रतिकृया दिनुहोस्