राष्ट्रियसभा अध्यक्ष निर्वाचन: आज मनोनयन दर्ता

फाइल तस्विर
फाइल तस्विर

सङ्घीय संसद् सचिवालयले राष्ट्रियसभा अध्यक्ष चयनका लागि हुन लागेको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ।

सचिवालयले आइतबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज (सोमबार) बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।

त्यसलगत्तै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ।

राष्ट्रियसभा अध्यक्ष चयनका लागि भाेली (मङ्गलवार) चुनाव हुँदैछ। सत्तारूढ गठबन्धनबीच राष्ट्रियसभा अध्यक्षमा माओवादीलाई सघाउने सहमति बनेको छ। माओवादी प्रचण्डका भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ।

प्रकाशित मिति: : 2024-03-11 08:06:00

प्रतिकृया दिनुहोस्