जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उपप्रधान उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री र मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन्।
यादवले आइतबार बिहान शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष उपप्रधानसहित स्वास्थ्यमन्त्रीकाे रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो।
पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको वर्तमान सरकारमा जसपाबाट दुई जना मन्त्रीले प्रवेश पाएका छन्। जसपाबाट यादवसहित नवलकिशोर साह सुडीले मन्त्रीकाे शपथ लिएका हुन्। यससँगै 'प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पूर्णता पाएको छ। अहिलेकाे मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ।