राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसकाे निर्णय

File Photo
File Photo

नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा शनिबार बिहान बसेको पदाधिकारीको बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकाे पार्टीका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए।

कांग्रेसले पार्टीका तर्फबाट राष्ट्रियसभा अध्यक्ष तथा उपाध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे भने अहिले निर्णय नलिइसकेको उनको भनाइ छ।

नेता केसीका अनुसार बैठकले राष्ट्रियसभा अध्यक्षमा सहयोग खोज्न विपक्षमा रहेका अन्य दलसँग परामर्श गर्ने निर्णय गरेको छ।

यही फागुन २० गतेदेखि राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि उक्त पद रिक्त छ। अध्यक्षको रिक्त पदका लागि आगामी २९ गते चुनाव हुँदैछ। 

प्रकाशित मिति: : 2024-03-09 12:01:00

प्रतिकृया दिनुहोस्