नेपाल चलायौँ मात्र हामीले बनाउन सुरू गरेनौँ, अब सुरू हुन्छ: सन्ताेष परियार 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नेपाल नबन्नुको कारण नेपाल बनाउन नै सुरु नभएको बताएका छन्। 

बिहीबार संसदमा बोल्दै उनले दलहरुले नेपाल चलाउने मात्र गरेको र बनाउन सुरु नै नगरेका कारण नेपाल बन्न नसकेको बताए। 

एसियामा नै नेपालको संविधान उत्कृष्ट बनेको परियारले बताए। तर संविधान कार्यान्वयनका लागि कानुनहरु नबनाइएकोले नेपाल बन्न नसकेको उनको भनाइ छ। 

‘आजसम्म नेपाल किन बनेन? किनकी हामीले नेपाल चलायौँ मात्र हामीले नेपाल बनाउन सुरु गरेनौँ। अब सुरु गर्छौँ। नेपाल बन्छ’, उनले भने। 

साथै उनले जुन दिन सरकारमा रहेर काम गर्न सकिँदैन भन्ने लाग्छसोही दिन सरकार छाड्नेसमेत बताए। 

प्रकाशित मिति: : 2024-03-07 14:44:00

प्रतिकृया दिनुहोस्