जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालकाे केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। 

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमाबुधबार बिहान ८ बजेका लागि बैठक बोलाइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार जसपा १५ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ।

सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन बैठक बस्न लागेकाे हाे।

प्रकाशित मिति: : 2024-03-07 07:33:00

प्रतिकृया दिनुहोस्